हेर्नुहोस् साकुरा नाईटको प्रचारमा कलाकारको कमेडि (भिडियो सहित) - See more at:

काठमाडौं, ६ चैत्र । ग्रिष्मा इन्टरटेन्मेन्टले अप्रिल २७ देखि मे ७ सम्म जापानका विभिन्न सहरमा गर्न लागेको ‘साकुरा नाईट’लाई भव्य तथा सफल बनाउन अहिले त्यो कार्यक्रममा जाने कलाकार पनि लागेका छन् । उक्त कार्यक्रममा प्रस्तुति दिन जापान जाने तयारीमा रहेका चर्चित गायक रामकृष्ण ढकाल, पत्रकार नरेश भट्टराई, गायक हिमाल सागर तथा कलाकार जितु नेपाल मुन्द्रले हास्य शैलीमा कार्यक्रमको प्रचार गरेका छन् ।SAKURA जापानीहरुले मनाउने एक विशेष चाडका अवसरमा प्रवासी नेपालीहरुका माझ ‘साकुरा नाईट’ नामक कार्यक्रमका लागि ग्रिस्मा इन्टरटेन्मेन्टले गर्न लागेको उक्त कार्यक्रम मार्फत पत्रकार नरेश भट्टराई तथा गायक हिमाल सागर पहिलो पटक जापान जाँदै छन् भने गायक रामकृष्ण ढकालको त विश्वको सबैभन्दा मन पर्ने मुलुकमा पर्छ जापान । ५ वर्षको अन्तरालपछि छैठौं पटक जापान जान लागेका उनले ६ वर्ष यताका लोकप्रिय गीतका साथै अन्य गीत गाउने बताएका छन् । निक्कै हास्य शैलीमा निर्माणमा गरिएको प्रचार भिडियोमा जितु नेपालले प्रचारमै कमेडी गरेका छन् । नरेश भट्टराईले आफ्नो बोल्ने कलालाई यहाँ पनि प्रस्तुत गरेका छन् । जापानको टोकियो, ओसाका, फुकओेका लगायतका विभिन्न सहरमा कार्यक्रम हुने भएको छ । कार्यक्रमको त्यहाँको स्थानिय सुुर्य करपोरेसनका बासुुदेव लामिछानेले व्यवस्थापन गर्ने छन् । यसअघि पनि ग्रिष्माले विभिन्न मुलुकमा नेपाली कलाकारहरु लगेर कार्यक्रम प्रस्तुत गर्दै आएको छ । - See more at: http://medianp.com/2016/03/81858.html#sthash.YBF1rrGm.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment