दैनिक ३ भन्दाबढी सेल्फी लिने बानि छ ? यदि छ भने आजै छोद्नुहोस | वैज्ञानिकले गरे सनसनीपूर्ण खुलासा - See more at: h

एजेन्सी- एक दिनमा तीनभन्दा बढी सेल्फी लिने मानिस मानसिक रोगी हो । प्रविधिको विस्तारसँंगै सेल्फी खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने अभ्यास बढी रहेका वेला अमेरिकी मनोवैज्ञानिक संगठनले हालै गरेको अनुसन्धानबाट दुनियाँंलाई स्तब्ध पार्ने निष्कर्ष निकालेको छ । मनोवैज्ञानिकहरु ठोकुवासाथ भन्न थालेका छन्–कुनै व्यक्ती एक दिनमा तीन भन्दा बढी सेल्फी खिच्छ र त्यत्तिकै संख्यामा सामाजिक सञ्जालमा पोष्ट गर्छ भने त्यो मानिस दम्भी र अहंकारी हो । व्यक्ति केन्द्रीत दुनियामा सेल्फी खिच्नु आदत होला,तर यसले मानिसमा बढ्दै गएको मनोवैज्ञानिक समस्या थप्छ ,अनुसन्धानको निष्कर्ष छ ।
फेसबुक,ट्वीटर,इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा कतिपय व्यक्ति यस्ता छन्,जो बिहानै उठेदेखि साँंझ सुत्नेबेलासम्म सेल्फी पोष्ट गरिरहन्छन् । आफ्नै तस्वीरप्रतिको यस्तो एडिक्शन हास्यास्पद त छ नै,सँंगसँंगै मानसिक स्वास्थ्यका लागि समेत हानिकारक छ । यस्ले मानिवीय संस्कार र अनुशासित जीवनमा समेत क्षति पु¥याइरहेको वैज्ञानिकहरुले बताएका छन् ।
सेल्फी र सामाजिक सञ्जालमा बढी आफ्नै तस्वीरहरु राख्ने आदतले कतिपय मानिसहरु महिनौ घरबाट ननिस्कनेदेखि आत्महत्या गर्ने तहसम्म पुगेका केशस्टडि अनुसन्धानमा सामेल छन् । सेल्फीबाट हुने मानसिक असन्तुलनलाई मनोविद्हरुले सेल्फाइटिस नाम दिएका छन् । सेल्फी खिच्ने र बढी फोटा पोष्ट गर्ने आदतले मान्छेलाई परिवार र समाजबाट एक्ल्याउदै लगेको पनि उनीहरुको निष्कर्ष छ । यस्ता आदतले दैवी प्रकोप जस्ता घटनाका समयमा समेत मानिसहरु सतर्कता र उद्धारका क्रममा चुक्ने गरेका छन्,जसले अप्रत्यासित मृत्यु बढाएको छ । - Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment