|
सुत्केरी दिन पत्ता लगाउने तरिका जान्ने हो भने गर्भवती महिला सबभन्दा पछिल्लो पटक कहिले नछुने भएको हो त्यो मिति खुट्याउनु पर्छ । त्यो मितिमा नौ महिना र सात दिन जोड्दा आउने मिति नै सुत्केरी हुने सम्भावित दिन हो । जस्तो – तपार्इं पछिल्लो पटक २०५९ मंसीर १ गते नछुने भएपछि फेरि हुनुभएको छैन भने नौ महिना गन्दा २०६० भदौ १ गते हुन्छ, यसमा सात दिन जोड्नुहोस् । सात दिन जोड्दा भदौ ८ गते हुन्छ । तपाईं सुत्केरी हुने सम्भावित दिन भदौ ८ गते नै हो ।
कोहीकोही गर्वभती महिला सम्भावित दिनमा सुत्केरी नभइ सातदेखि पन्ध्र दिन अघि वा पछि पनि हुन्छन् । नेपालीमहिना निश्चित दिनका नहुने हुनाले अंग्रेजी क्यालेण्डर हेरेर माथिकै किसिमले पछिल्लो पटक महिनावारी भएको मितिमा नौ महिना सात दिन जोड्दा यो हिसाब बढी मिल्छ । अर्को कुरा, यो तरिका २८ दिनमा महिनावारी हुने महिलाकालागि मात्र हो । छिटै नछुने हुने महिलाको बच्चा चाँडै जन्मिन्छ भने ढीलो नछुने हुनेको ढीलै जन्मिन्छ । जस्तै प्रत्येक एक्काइस दिनमा नछुने हुने महिलाको बच्चा जन्मने दिन यो हिसाबभन्दा एक हप्ता अगाडि नै हुन्छ । त्यसैगरी कुनै महिलामा प्रत्येक ३५ दिनमा नछुने हुने हुन्छ भने उनको बीजागम पनि ढीलो हुने भएकाले बच्चा जन्मने दिन यो हिसाबबाट निस्केको दिनभन्दा ७ दिन पछाडि हुन्छ । करीब ८५ प्रतिशत महिला बच्चा जन्मने सम्भावित दिनको दुई दिन भित्र नै सुत्केरी हुन्छन् ।-स्वास्थ्य खबरपत्रिका
शेयर गर्नुहोस
|
0 comments:
Post a Comment