११ मतले चुके देउवा, अब दोस्रो चुनाव

काठमाडौं, २४ फागुन । प्रतिस्पर्धी रामचन्द्र पौडेललाई चार सय चार मतले पछाडि पारे पनि शेरबहादुर देउवाले आवश्यक ५१ प्रतिशत मत जुटाउन सकेनन्, अब फेरि देउवा र पौडेलको प्रतिस्पर्धा हुँदैछ । तर कृष्ण सिटौलाले अब कसलाई समर्थन गर्छन् जित उसैको हुनेछ ।
भोट हाल्न नपाएका ३० प्रतिनिधिको विवादको चुरो के हो ? - See more at: 

vot count
तत्कालीन सभापति सुशील कोइरालाबाट मनोनीत गरिएका ३० प्रतिनिधिलाई निर्वाचन समितिले मतदान गर्न रोकेपछि विवाद सुरु भयो । मनोनीत ३० जनाकै नाममा प्रतिनिधि परिचयपत्र बनेको थियो, त्यही परिचयपत्रका आधारमा बन्दसत्रमा पनि सहभागी थिए । प्रारम्भिक मतदाता सूचीमा नाम थियो, तर अन्तिम सूचीमा उनीहरूको नाम थिएन । त्यसैले पटक–पटक लाइन लागे पनि उनीहरूले मतदान गर्न पाएनन् ।
३० जनामध्येकै एक कैलालीका गोविन्दराज जोशी त केन्द्रीय सदस्यका उम्मेदवारसमेत हुन् । उनको उम्मेदवारीमा कसैको दाबी–विरोध परेको थिएन । उनलाई अरू प्रतिनिधिले मत दिए, आफैँ भने मत दिन पाएनन् । देउवा पक्षका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले अन्तिम मतदाता नामावलीमा नाम नभएकाले मनोनीत ३० प्रतिनिधिले भोट हाल्न नपाएको बताए । ‘अन्तिम मतदाता नामावली प्रकाशनका वेला उहाँहरूले दाबी नगर्ने, अनि अहिले विवाद गरेर कहाँ हुन्छ ?’ केसीले भने, ‘मतदाता नामावलीमा नाम नै नभएको व्यक्तिले कसरी भोट हाल्ने ?’
मतदान भइरहेको वेला सुरु भएको विवाद बढ्दै जाादा मध्यरातिसम्म मतगणना हुन सकेन । यो विषयमा निर्वाचन समितिमा समेत विवाद भएको थियो । मध्यरातमा निर्वाचन समितिको बैठकमा संयोजक राधेश्याम अधिकारी र सदस्य खम्मबहादुर खातिले बहुमतका आधारमा ३० जनालाई मतदान गर्न नदिई मतगणना गर्ने निर्णय गरे । अर्का सदस्य गोपालकृष्ण घिमिरेले भने फरक मत लेखे । त्यसप्रति संस्थापन पक्षका नेताहरू असन्तुष्ट छन् ।
मनोनीत प्रतिनिधिले बन्दसत्रमा भाग लिइसकेपछि मतदान गर्न पाउनुपर्ने संस्थापन पक्षको भनाइ छ । दोस्रो निर्वाचनमा प्रतिष्पर्धा देउवा र पौडेलबीच हुादैछ तर, निर्णायक सिटौला हुादैछन् । पहिलो निर्वाचनमा तेस्रो मत ल्याएपनि उनले संस्थापन पक्षका उम्मेदवार पौडेललाई पराजित गर्न महत्वपूर्ण भूमिका खेले । दोस्रो चरणको चुनावमा सिटौलाले सघाए देउवा सजिलै जित्नेछन् । त्यस्तै पौडेलको पक्षमा लागे संस्थापन बलियो भएर आउनेछ र पहिलो चरणमा खस्किएको मनोबल उच्च बनाउादै पौडेल चुनावमा जानेछन् ।
पहिलो चरणको चुनावमा जितको नजिकै पुगेर रोकिएका देउवाको पहिलो प्राथमिकता सिटौलालाई फकाउने नै हुनेछ । सिटौला खुलेर लागे देउवाले सजिलै जित्नेछन् । यसका लागि सिटौलाले ठूलै मूल्य लिनेछन् । सिटौलालाई मनाउन देउवाले संसदीय दलको नेता दिने अफर गर्न सक्छन् । उपसभापति खुमबहादुर खड्कालाई र महामन्त्री विमलेन्द्र निधिलाई दिन देउवाले निश्चित गरिसकेका छन् । पछि हट्दा झन ठूलो जोखिम छ ।
सिटौलाले ल्याएको मतले मात्र होइन उनको उम्मेदवारीले सिर्जना गरेको मनोविज्ञानले पौडेलको हारमा महत्वपूर्ण भूमिका खेलको छ । अब राजनीतिक रूपमा मात्र होइन अंक गणितका हिसाबले पनि सिटौलालाई साथ नलिई नहुने बाध्यतामा छन् पौडेल । सिटौलालाई संसदीय दलको नेताको अफर पौडेलले गर्दै आएका छन् । सिटौलाका सहयोगीलाई पनि समायोजन गर्ने आश्वासन दिएर मनाउन सक्ने नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment