|
पपक्विन गायिका टेलर स्विफ्टले यौनहिंसामा परेकी अर्की गायिका केशा रोज साइबर्टको न्यायका लागि साढे दुई लाख डलर सहयोग गरेकी छन्।
१८ वर्षदेखि यौनहिंसा सहँदै आएकी अमेरिकी गायिका केशालाई कानुनी लडाइँमा साथ दिँदै उनले यतिका रकम सहयोग गरेको बताएकी हुन्। स्रोतका अनुसार केशले १८ वर्षको उमेरमा सोनी म्युजिक कम्पनीसँग काम गर्न सहमति गरेकी थिइन्।
सहमतिपछि कम्पनीका निर्माता डा. लुकले उनको अबोधपनको फाइदा उठाउँदै बलात्कार गरेको दाबी गरिएको छ। लुकबाट न्याय पाउन अहिले केशा मुद्दा लडिरहेकी छन्।
४२ वर्षीया डा. लुकले केशालाई लागूऔषध दिएर बलात्कार गरेका थिए। त्यसपछि उनलाई बारम्बार शारीरिक तथा मानसिक रूपमा दुर्व्यवहार गर्दै आएको केशाको दाबी छ। लुकले भने आफुमाथि लगाइएको आरोप झुटो भएको बताउँदै आएका छन्।
२८ वर्षीया केशा अमेरिकाकी चर्चित गायिका हुन। गायनमा उनको आफ्नै पहिचान छ तापनि आफूमाथि भएको अन्यायका विरुद्ध लड्न बाध्य भएको उनले स्पष्ट पारेकी छन्।
उनलाई लेडी गागा, अरिना ग्रान्ड, डेमी लेनोभो, केली क्लार्रकसनलगायत विभिन्न सेलिब्रटीले सहयोग गरेको बताइएको छ। ग्रामी अवार्ड जितिसकेकी विश्वविख्यात पपगायिका टेलर स्विफ्टले भने यसअघि पनि बेलाबेलामा पीडितलाई सहयोग गर्दै आएकी छन्।-
|
0 comments:
Post a Comment