![]() |
जाबो आइफोन किन्नका लागि कोही मानिस जुनसुकै हदसम्म पनि गिर्दोरहेछ भन्ने कुराको प्रमाण एक चिनिया दम्पत्तिले पेश गरेका छन्, जुन पत्याउनै गाह्रो पर्छ ।
एक चिनिया दम्पत्तिले आइफोन खरीद गर्ने पैसा जुटाउनका लागि आफ्नी १८ दिनकी छोरी समेत बेचेका छन् । आइफोन किन्नका लागि नाबालिका छोरी बेच्ने त्यो दम्पत्तिलाई चीनको को अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ ।
फुजियान प्रान्तका ए दुआन र उनकी पत्नी जिओ मी ले सोसल साइट क्यूक्यूको माध्यमबाट २३ हजार युआन र्थात् झण्डै साढे ३ लाख रुपैयाँमा छोरी बिक्रि गरेका हुन् ।
छोरी बेचेको पैसाले बाबु दुआन एक आइफोन तथा मोटरसाइकल खरीद गर्न चाहन्थे ।
आइफोनका लागि छोरी बेच्ने बाउआमा दुबैको उमेर १९ वर्षको छ । आर्थिक रुपमा कमजोर उक्त दम्पत्ति आफ्नो कमाइले छोरीको पालन पोषण गर्न पनि असमर्थ थियो । अझ आइफोन र मोटरसाइकलको चाहनाले गर्दा दिनभर साइबर क्याफेमा बिताउने दुआनलाई छोरीको बिक्रि गर्ने कुचेष्टासम्म पूरायो ।
![]() |
0 comments:
Post a Comment