![]() |
काठमाडौँ ७ चैत । प्रधानमन्त्री केपी ओलीले एनसेल खरिद बिक्रीसम्बन्धमा पछिल्लो १० दिनमा अर्थ र कानुनविपरीत उच्च सरकारी अधिकारीसँग दुई पटक छलफल गरे । एनसेल खरिदबिक्रीमा कर छली हुन लागेको समाचार सञ्चारमाध्यममा आएपछि दुई मन्त्रीसहित उच्च सरकारी अधिकारीसँग छलफल गरेका ओलीले यसमा आफ्नो धारणा भने राखेनन् ।
प्रधानमन्त्री कार्यालयले एनसेल खरिदबिक्रीमा चासो दिएर एक महिनाअगाडि छलफल गरेको थियो । तर, प्रधानमन्त्री आफैंले एनसेल खरिदबिक्री विषयमा उच्च सरकारी अधिकारीसँग छलफल गरेपछि यसमा उच्च तहबाटै निर्णय हुनुपर्ने देखिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
![]() |
0 comments:
Post a Comment