![]() |
काठमाडौं, १६ चैत । अपहरणमा परेको इजिप्टको एयरको विमानबाट चार विदेशी यात्रु र ७ चालक दल सदस्य बाहेक सबैलाई मुक्त गरिएको छ।
इजिप्टको सहर अलेक्जान्ड्रियाबाट राजधानी कायरोका लागि उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाका आत्मघाती आक्रमणको धम्कीपछि विमानस्थलमा फोर्स ल्यान्ड गराइएको थियो।
उक्त फ्लाइटका क्याप्टेन अमर–अल–गमालका अनुसार विमानका एक यात्रीको शरीरमा विष्फोटक पदार्थ रहेको दावी गर्दै बिमानलाई साइप्रसमा जबर्जस्ती अवतरण गराएका थिए। विमानमा कति अपहरणकारी छन् भन्ने स्पष्ट हुन सकेको छैन।
अपहरण किन र कसले गरेको खुल्न सकेको छैन । र यात्रुको संख्याका सम्बन्धमा यसअघि ८० जना रहेको बीबीसीले उल्लेख गरेपनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले फरक फरक सम्पे्रषण गरिरहेका छन् । जसमा चालक दलका सदस्य सहित ६० देखि ६३ रहेका जनाएका छन् ।इजिप्ट एयर फ्लाइट एमएस १८१ को विमान अपरहणमा परेको हो ।
यसैबीच, रिहा हुन बाँकी रहेका यात्रु र चालक दलका सदस्य सहित विमान मुक्त गराउन अहिले अपहरणकारीसँग वार्ता भइरहेको पनि समाचारमा जनाइएको छ । गत अक्टबोरमा रसियाली यात्रु भएको एउटा जहाजलाई इजिप्टको सियानीमा इस्लामिक स्टेट ग्रुपका लडाकुले खसालेका थिए।
यसैबीच, उक्त विमान अपरहणमा संलग्नले राजनीतिक शरण मागेको खबर पनि प्राप्त भएको छ । अपहरित विमान र यात्रु छुटाउन भएको वार्ताका क्रममा उनीहरुले आफूहरुलाई राजनीतिक शरण दिइनुपर्ने माग गरेका हुन् ।
यसैबीच, उक्त विमान अपरहणमा संलग्नले राजनीतिक शरण मागेको खबर पनि प्राप्त भएको छ । अपहरित विमान र यात्रु छुटाउन भएको वार्ताका क्रममा उनीहरुले आफूहरुलाई राजनीतिक शरण दिइनुपर्ने माग गरेका हुन् ।
![]() |
0 comments:
Post a Comment