|
साइकोलोजिकल हरर र थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को यस्तिबेला पोस्टप्रोडक्सन भारतको हैदराबादमा भैरहेको छ । चैत्रमा रिलीजको तयारी गरिएको यो चलचित्रलाई दिपक लम्सालले निर्माण गरेका हुन् ।
बुटवल , पाल्पा र भारतको मुम्बईमा छायांकन गरिएको यो चलचित्रमा दिपक लम्साल ,सिद्धु पुजारी ,सारिका घिमिरे,मधु घिमिरे लगायतको अभिनय रहेको छ । फोटोग्राफी पढ्ने केही ब्याक्तीहरुको एक अनुसन्धानका क्रममा २७ घण्टाभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ ।
पछिल्लो समय नेपालमा हरर चलाचित्र बन्न छोडेको बेला आधुनीक प्राविध प्रयोग गरेर चलचित्र बनाएको कारण चलचित्रलाई दर्शकले रुचाउने निर्माता तथा कलाकार दिपक बताउछन् ।
साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेका यो चलचित्रमा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ ।
|
0 comments:
Post a Comment