![]() |
काठमाडौं, १६ चैत । सांसदहरुले धर्मको प्रचार गर्न प्रतिबन्ध लगाउन माग गरेका छन् । मंगलबार बसेको व्यवस्थापिका संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिको बैठकमा सांसद्हरुले कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) हरुले कानुन विपरित धर्मको प्रचारमा संलग्न भएको भन्दै त्यस्ता संस्थामाथि प्रतिबन्ध लगाउन माग गरेका हुन् ।
बैठकमा उपस्थित उपप्रधानमन्त्री तथा महिला, बालबालिका र समाजकल्याणमन्त्री सीपी मैनालीसँग सांसदहरुले सो माग गरेका हुन् ।आइएनजीओहरुले समानान्तर सरकारको झल्को दिने गरी काम गरेको सांसद्हरुको भनाइ छ।
उनीहरुले समाज कल्याण परिषद्ले प्रभावकारी अनुगमन नगर्दा आइएनजीओहरुको मनोमानी बढेको भन्दै आफुखुसी गतिविधि गर्ने आइएनजीओमाथि प्रतिबन्ध लगाउन तथा अनुगमनमा बेवास्ता गर्ने परिषद्का कर्मचारीलाई कारवाहीको दायरामा ल्यायनुपर्ने बताए।
जवाफमा मन्त्री मैनालीले समाज कल्याण परिषदमा धेरै बेथिति र बद्मासी रहेकैले आइएनजीओ तथा एनजीओहरुले आफुखुशी गर्ने अवसर पाएको भन्दै परिषद्को सुधारलाई आफूले प्राथमिकतामा राखेको बताए।
![]() |
0 comments:
Post a Comment