किन छाड्ने भए शाहरुखले ट्वीटर ?

काठमाडौं, २२ माघ । बलिउड अभिनेता शाहरुख खानले समाजिक सञ्जालबाट आफूबाहिरिन सक्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा नकारात्मक टिक्काटिप्पणी बढी भएको भन्दै आफूले सामाजिक सञ्जालबाट दुरी बढाउन लागेको बताएका छन् । आफ्ना फ्यानहरुलाई समाजिक सञ्जालको दुरुपयो गरी अरुलाई गाली नर्गन र कसैको खिल्ली नउडाउन आग्रह समेत गरेका छन् ।
तपाईं किन आज भोली कि ट्वीटरमा सक्रिय हुनुहुन्न भनेर गरिएको प्रश्नको यस्तो जवाफ दिएका हुन । जवाफमा शाहरुखले यसका प्रयोगकर्ताको ‘मुर्खहरुको जस्तै व्यवहार’ का कारण आफू ट्वीटर छाड्ने सोचमा पुुगेको बताए । ‘म ट्वीटरमा किन नआएको भने मलाई कसैले गाली गरेको वा केही नकारात्मक भनेको मन पर्दैन । मैले फोन खोल्ने बित्तिकै यस्ता नकारात्मक कुराहरु पढ्न चाहँदिन’, उनले भने ।
ट्वीटरमा शाहरुखको १ करोड ७७ लाख फलोअर्स रहेका छन् । भारतमा उनीभन्दा अमिताभ बच्चनमात्र अघि छन् जसको १ करोड ९१ लाख फलोअर्स रहेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment