|
काठमाडौँ, २८ पुष । एक समय थियो कोरिया जान चाहाने युवाहरुको फारम भर्ने लाइन देखेरै कतिपयले फारम भर्दैनथे । घण्टौँ लामो लाइन लागेर नेपालबाट नै सुरु भएको ईपीएस भाषाका परीक्षा दिने लाइन लाग्ने झन्जट अब हट्ने भएको छ ।
ईपीएस भाषाका परीक्षार्थीले अबदेखि अनलाइनबाटै आवेदन फारम भर्न पाउने भए पछि त्यो महाकाल जस्तो लाइनको पनि अन्त्य भएको छ । ईपीएस कार्यालयले आगामी साता अनलाइन सिस्टम तयार पार्न टेन्डर आव्हान गर्ने भएको छ ।
इपिएस कार्यालयले अबको तीन महिनाभित्र यो सिस्टम तयार भइसकेर लागू गर्ने जनाएको छ । ईपीएस कार्यालयले लामो समयदेखिको योजना मुताविक आफ्नै कोषबाट खर्च गर्ने गरी अनलाइन प्रणाली विकास गर्न लागेको हो।
|
0 comments:
Post a Comment