सदाबहार अभिनेता भुवन केसीले निर्देशन गरेको पहिलो फिल्म ‘ड्रिम्स’को ट्रेलर सार्वजनिक - See more at

काठमाडौं, २७ पुस । सदाबहार अभिनेता भुवन केसीले निर्देशन गरेको पहिलो फिल्म ‘ड्रिम्स’को ट्रेलर सार्वजनिक गरिएको छ । फस्ट लुक सार्वजनिक गरिएको छ । भुवनकै छोरा अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको यो फिल्म मार्फत अभिनेताका रुपमा सफलता भूवन फिल्म निर्देशकका रुपमा पहिलो पटक बाहिर आएका हुन । करोडपतिदेखि नेपालीबाबुसम्मका सफल फिल्म निर्माण गरेका भुवनले निर्देशनका लागि भने प्रेमकथा रोजेका छन् ।
नयाँ पुस्तामा रुचाइएका अभिनेता अनमोलले अभिनय गरेका कारण पनि ‘ड्रिम्स’ को चर्चा घोषणादेखि नै हुँदै आएको छ । फिल्म फागुन २१ मा रिलिज हुने बताइएको छ । फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने विशेष पाण्डेले संगीत दिएका छन् ।
केसीको ड्रिम्स रिलिजकै दिन दिनेश डिसीद्धारा निर्देशित फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ पनि रिलिज हुँदै छ । चलचित्रको राम्रो प्रचार गर्न माहिर डिसी र केसीबिच दरो व्यवसायिक भिडन्त हुने देखिएको छ । निता र आमोसलाई लिएर डिसीले निर्माण गरेको चलचित्रको मुख्य बिषयबस्तु पनि प्रेम नै रहेकाले पनि यि दुई चलचित्रबीच व्यवसायिक भिडन्त हुने पक्का भएको हो । फिल्मी बजारलाई हेर्दा दुबै फिल्मले राम्रो समिक्षा पाएकाले पनि यस्ता फिल्म नजुधाईएको खण्डमा दर्शकले बाडिनु पर्दैनथ्यो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment