निस्तेज बन्दै मधेस आन्दोलन, आन्दोलन स्थलमा छैनन् आन्दोलनकारी

धनुषा, २६ मङ्सिर । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको आज ४ महिना पुरा भएको छ । साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई–मधेसका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ । महिनौदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्तामा निरासापन छाउँदै गएको देखिन्छ । महोत्तरीको भिट्ठामोड नाका, धनुषाको जटहीनाका, सर्लाहीको मलङ्गवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सैघण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् ।
आन्दोलन उचाईमा पुगेको बेला यि नाकाहरु अवरुद्ध पारेर धर्ना भएको थियो । महिनौँंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाई नभएपछि मोर्चाका कार्यकर्ता आजित भएर करिब दुई सातादेखि अनुपस्थित देखिएका छन् । त्यहाँ अहिले उनीहरूको धर्ना छैन , यता मधेसी मोर्चाका शीर्ष तीन नेताको गृह जिल्ला सर्लाहीको मलङ्गवा–सोनवर्सा मुख्य नाकाको त्रिपालसमेत एक सातादेखि हटाइएको छ । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई –मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ । त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्णरुपमा खुला भएका छन् ।
अहिले जनकपुरको बजार पनि खुल्न थालेको देखिन्छ भने राजमार्ग आसपासका क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका प्रायः ठाउँका बजार, शिक्षण संस्था पूर्णरुपमा सञ्चालन भएका छन् ।
यति लामो आन्दोलन हुँदा पनि माग सुनवाई नभएपछि धेरै साथी निराश भएर आन्दोलनमा आउन छाडेको आन्दोलनकारीले बताउन थालेका छन्, भने आमजनता पनि बन्द, हडतालदेखि आजित भएका छन् । यतिखेर निर्वाधरुपमा यातायात सञ्चालन नहुँदा बजार खुलेपनि महँगीसँगै तराईमा व्यापक कालोबजारी भइरहेको छ । किसानले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बालीसमेत समयमा लगाउन पाएका छैनन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment