वीरगन्जमा प्रहरीको गोली लागि एकको मृत्यु, दर्जनौ घाइते - See more at:

प्रहरीले प्रहार गरेका गोली लागि शंकराचार्य गेट (नेपालको मुल प्रवेशद्वार) निर एक प्रदर्शनकारी ढलेका छन् । उनको अवस्था अहिले अज्ञात छ । वीरगन्जको सीमा क्षेत्रमा प्रहरी माथी व्यापक मात्रामा ढुंगामुढा भएपछि प्रहरीले दर्जनौं राउन्ड अश्रु ग्याँस र गोली प्रहार गरेको हाे । प्रहरी अहिले पछाडी हटेर सीमा सुरक्षा पाेष्ट नजिक अाइपुगेका छन् । सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको ५ घण्टापछि वीरगञ्ज–रक्सौल नाका फेरि आन्दोलनकारीको नियन्त्रणमा आएको छ । प्रहरीले लखेटेपछि भारतीय भूमि पुगेका Captureआन्दोलनकारी पुन दशगजाको मितेरी पुलमा फर्किएका हुन् । उनीहरुले भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरिरहेका छन् । नेपालपट्टी नेपाल प्रहरी तैनाथ छ ।

सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएलगत्तै वीरगञ्जमा रोकिएका २ सय बढी भारतीय सवारी रक्सौल छिरेका थिए । भारतीय सवारी सीमा नकटुन्जेल आन्दोलनकारीलाई दशगजा क्षेत्रमा छिर्न नदिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सवारी छिरेलगत्तै आन्दोलनकारीलाई दशगजामा छिर्न दिएका थिए । भारतीय प्रहरीको अहसयोगपछि मितेरी पुलमा फेरि आन्दोलनकारी जम्मा भएका हुन् । सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको भन्दै वीरगञ्जमा मधेसी मोर्चा आवद्ध आन्दोलनकारीले ठाउँठाउँमा प्रदर्शन गरेका थिए । वीरगञ्जको नगमा र घण्टाघर क्षेत्रमा आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गर्नुपरेको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment