वीरगञ्जमा गोली चल्यो, १ को मृत्यु स्थिती तनावग्रंस्त

पर्सा, १६ कात्तिक । सोमबार बिहानै देखि तनावग्रस्त बनिरहेको पर्साको वीरगञ्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको छ । सोमबार बिहानै वीरगञ्ज–रक्सौल सीमानाकास्थित मितेरी पुलबाट सुरक्षाकर्मीले प्रदर्शनकारीलाई हटाएपछि उग्र बनेको वीरगञ्जमा गोली लागेर एक जनाको ज्यान गएको हो ।
मितेरी पुलबाट प्रदर्शनकारीलाई हटाएर नेपालमा रोकिएका भारतीय ट्रकलाई रक्सौल तर्फ पठाएपछि पुन मितेरी पुललाई कब्जामा लिएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मी माथि पेट्रोल बम आक्रमण गर्ने तथा प्रहरी चौकी जलाउँदा प्रहरीसँग झडप भइरहेको थियो ।
लिने कयौं सेल अश्रुग्यास र केही राउन्ड हवाइ फायर गर्दा पनि उग्र बनेको प्रदर्शनलार्ई नियन्त्रण लिन नसक्दा शकंरार्चा गेट नजिकै प्रहरीले चलाएको प्लाष्टिकको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको हो ।
अहिले पनि वीगरञ्जको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । प्रहरीसँग दोहोरो झडप भइरहँदा स्थिति तनावपूर्ण बनेको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment