नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सुरु

काठमाडौँ: नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको एस्पेसल फोर्सको ए कम्पनी, फस्ट बटालियन गु्र्रपबीच आजदेखि छाउनीमा ब्यालेन्स नाइल १६- ०१, तालिम सुरु भएको छ । 
 
महावीर गण (रेञ्जर) स्थित छाउनी र तालिम शिविर नगरकोट इलाकामा करिब एक महिनासम्म सञ्चालन हुने उक्त तालिमबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत वृद्धि गर्न विशेष सहयोग पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
 
संयुक्त तालिम/अभ्यासबाट दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।  http://www.annapurnapost.com/Modules/News/Image/Default/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment