रात्रि क्लबमा आगलागीमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

बुखारेष्ट: रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या ३० पुगेको छ । 
 
गत शुक्रबार राति खचाखच भरिएको एक रात्रि क्लबमा अकस्मात आगलागी भएपछि त्यसमा परेर तत्काल २७ जना मारिएका थिए । जलेर घाइतेमध्ये थप तीनजनाको मृत्यु भएको हो । सो सङ्ख्या बढेर ३० पुगेको बताइएको छ । 
 
आगलागीमा परी १८० भन्दी बढी घाइते भएका थिए । घाइतेमध्ये करिब ९० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ती मध्ये पनि २० जना अति गम्भीर भएको बताइएको थियो । 
शुक्रबार राति एक नयाँ गिती एल्बम विमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए । 
 
क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो । सो एल्बम विमोचनको लागि करिब १ हजार व्यक्तिको सहभागीता रहेको जनाइएको छ । 
http://www.annapurnapost.com/Modules/News/Image/Default/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment