चर्चित कार्यक्रम ‘तितो सत्य’ बन्द

कार्तिक ३०, २०७२- नेपाल टेलिभिजनबाट १२ वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको हास्यव्यंग धाराबाहिक ‘तीतो सत्य’ बन्द भएको छ । ‘तीतो सत्य’का निर्देशक एवं मुख्य कलाकार दीपकराज गिरीले फेसबुकमार्फत् उक्त जानकारी दिएका हुन् । ‘६ सय भागसम्म निरन्तर प्रसारण भइरहेको नेपालकै सबैभन्दा लामो हास्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन,’ उनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन् ।

उनले नयाँ विषयबस्तु नआउने र विभिन्न बाधाहरुबीच दर्शकहरुको चाहनालाई सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै भनेका छन्, ‘जबरजस्ती कार्यक्रमलाई टिकाइरहनु भन्दा पछाडि हट्नु नै उपयुक्त ठानी यो १२ वर्षे यात्रालाई पूर्णविराम दिने निर्णय गरेका छौं ।’ दीपकको उक्त भनाईलाई ‘तीतो सत्य’ की सहयात्री दिपाश्री निरौलाले ‘तीतो सत्य भित्रको मीठो सत्य’ भनी टिप्पणी गरेकी छन् ।

आर्थिक संकटबाट गुज्रिनु परेका कारण कलाकार तथा प्राविधिकलाई समयमा पारिश्रमिक दिन नसक्दा उर्जा कम भएको उनले कान्तिपुरलाई बताए । ‘पछिल्लो समय कार्यक्रम रिपिट गर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘यसले कार्यक्रमको विश्वसनीयतामा पनि प्रश्न उठायो ।’  

केही समयदेखि ‘तीतो सत्य’ को पूरानै भागहरु प्रसारण हुँदै आईरहेको थियो । लामो समयदेखि ‘तीतो सत्य’ सहित मिडिया हबबाट प्रसारित अन्य हास्य टेलिसिरियल कलाकारले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका थिए । दीपकराजले भने अबको विश्रामलाई नयाँ कामका लागि गरिएको शक्ति संचयका रुपमा व्याख्या गरेका छन् । त्यसो त उक्त टिमले पछिल्लो समय ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ गरी दुई फिल्म निर्माण गरिसकेको छ ।

‘भविष्यमा पनि फेरि नयाँ सोचका साथ हास्य धाराबाहिक तथा फिल्म निर्माणलाई निरन्तरता दिने नै छौं,’ दीपकले लेखेका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment