म्यान सिटीमाथि लिभरपुलको रबाफिलो जित

काठमाडौं : लिभरपुलले इङ्लिस प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटीमाथि रबाफिलो जित निकालेको छ । 

यो सिजन खेलाडी खरिदमा अर्बौं खर्चेको सिटीलाई स्तब्ध पार्ने क्रममा लिभरपुलले पहिलो ४–१ को फराकिलो जित दर्ता गराएको हो । 

लिभरपुलले फराकिलो जित निकाल्ने क्रममा पहिलो हाफको सातौं मिनेटमा रोबर्टो फिरमिन्होको प्रहार सिटीका डिफेन्डर मांगलालाई छुँदै गोल हुन पुगेको थियो । 
शुरुवातमै आत्मघाती उपहार पाएको लिभरपुलले त्यसपछि पहिलो हाफमै थप दुई गोल गर्यो । खेलको २३ मिनेटमा फिलिपे काउटिन्हो र ३३ औं मिनेटमा फिरमिन्होले गोल गर्दै अग्रता ३–१ मा पुर्याए । 

सिटीका लागि पहिलो हाफको ४४ औं मिनेटमा सर्जियो एगुएरोले गोल गर्दै खेललाई ३–१ मा ल्याए । तर, दोस्रो हाफमा सिटीको अग्रपंक्ति चल्न सकेन भने लिभरपुलले फेरि अर्को गोल थप्यो । 
 
लिभरपुलका लागि डिफेन्डर मार्टिन स्कार्टेलले खेलको ८१ औं मिनेटमा बेनटेकेको पासमा अर्को गोल थप्दै सिटीमाथि ४–१ को प्रभावशाली जित दर्ता गराउन सफल भए । 
यो जितपछि लिभरपुल १३ खेलबाट २० अंक जोड्दै लिगको नवौं स्थानमा उक्लेको छ । 

पराजित सिटी समान खेलबाट २६ अंकसहित लिगको तेस्रो स्थानमा झरेको छ । २८ अंकसहित लेस्टर सिटी पहिलो स्थानमा छ भने २७ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा छ । 
- See more at: http://www.annapurnapost.com/News.aspx/story/22084#sthash.ShhzcG1t.jTwaYXGD.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment