परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै १८ वर्षे युवकले गरे आमाको हत्या

महोत्तरी, १ मंसिर । आफ्नै आमाको हत्याको आरोपमा गौशला प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । महोत्तरीका १८ वर्षिया मोतिराम महरालाई आमा मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवीले परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै हत्या गरेको प्रहरीले जनाएको छ ।
युवक महराले मेघनाथ गोरहन्ना गाविस– ७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी सँगै परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा कर्तव्य गरी मारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
सोमबार साँझ आफ्नो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment