आज छठको मुख्य दिन, मेलमिलापमा सहयोग गर्ने विश्वास

काठमाडौं, १ मंसिर । सूर्य र छठी माताको विशेष आराधना सहित मनाइने छठ पर्वको मुख्य दिन आज (मंगलबार) तराई तथा मुलुकका अधिकांस क्षेत्रका नदी तालतलैयामा जम्मा भएर मनाइँदैछ ।
Chhath-Puja
कात्तिक शुक्ल पक्षको चर्तुदर्शीका दिन देखि सुरु हुने छठ पर्वको मुख्य दिन षष्ठी तिथिमा पर्ने गर्छ । यसै दिन निराहार व्रत बसी साँझ अस्ताउँदै सूर्यलाई अर्घ दिएर नदी तथा तालतलैयामा रातभर जाग्रम बस्ने गरिन्छ ।  विशेषगरी पहिले छठ पर्व तराईमा मनाइने गरिने भएपनि पछिल्लो समय काठमाडौं उपत्यका सहित पहाडी भेगमा मनाउन थालिएकाले यो पर्व मुलुकभरको साझा पर्वमा विकास हुँदै गएको छ ।
यसैबीच, छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्र तथा सरकार प्रमुख सहित विभिन्न राजनीतिक दलहरुले यस्तो चाडपर्वहरुले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना दिएका छन् । 
यस्तै आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमा भाइचारा, एकता र आत्मीयताका लागि शुभकामना व्यक्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको कामना व्यक्त गरेका छन् ।
छठ पर्वको अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ ।
-
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment