|
राष्ट्रपति कार्यालयले कुटनीतिक नियोगका सबै प्रमुखहरुलाई समारोहमा आमन्त्रण गरेपनि कोही उपस्थित नभएका हुन्। 'कुटनीतिक नियोगका सबै निकायहरुलाई शपथ समारोहमा आमन्त्रण गरेका थियौं,' राष्ट्रपति कार्यायका एक अधिकारीले भने, 'तर, उहाँहरुको उपस्थीति रहेन।'
राष्ट्रपति कार्यालयले कुटनीतिक नियोगका प्रमुखहरुलाई छुट्याएको सबै कुर्सीहरु खाली थियो । माओवादी जनमुक्ती सेनाका पूर्व कमान्डर रहेका पुन उपराष्ट्रपति निर्वाचित भएकोमा अन्तर्राष्ट्रिय समुदायले असन्तुष्टि जनाउँदै आएका पुनलाई कुनै पनि मुलुकले उनलाई बधाइ दिएका छैनन्।
परराष्ट्र मन्त्रालय एक अधिकारीले भने कुटनीतिक नियोगका प्रमुखहरुलाई निमन्त्रण नै नगरेको दाबी गर्दै भने, 'बोलाउनु पर्ने हो तर किन बोलाइएन उतै (राष्ट्रपति कार्यालय)मै बुझ्नु होला ।'
शनिबार व्यवस्थापिका संसदबाट उपराष्ट्रपतिमा निर्वाचित भएका पुनले आइतबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लगतै उपराष्ट्रपति कार्यालय पुगेर पदभार सम्हालेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजीत विशेष समारोहमा दौरा सुरवाल र भादगाउँले टोपीमा सहिद र राष्ट्रका नाममा पुनले शपथ लिगे।
यसअघि पुन आवद्ध रहेको एकीकृत माओवादीका नेताहरुले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको शपथमा दौरा सुरवाल लगाएका थिएनन्। तर, पुन भने दौरासरवालमा नै शपथ लिगेका हुन। राष्ट्रपति भण्डारीले ईश्वर, देश र जनता उच्चारण गर्दा पुनले ईश्वरको सटो सहिद उल्लेख गरेका थिए। लगतै राष्ट्रपति भण्डारीले पुनलाई बधाइ दिन हात लम्काएपनि राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले शपथ पत्रमा हस्ताक्षर गर्न आग्रह गरेपछि उनी रोकिएकी थिइन् ।
त्यसलगतै ढुंगानाले निर्वतमान उपराष्ट्रपति परमानन्द झासँग सिट साट्ने कार्यक्रम नसाटी राष्ट्रपतिसँग परिचयका लागि नवनिर्वाचित उपराष्ट्रपतिलाई आग्रह गरको थिए। त्यसलगतै प्रधानमन्त्री, सभामुख, प्रधान न्यायाधीशलाई बधाई दिन आग्रह गरेपनि निर्वतमान उपराष्ट्रपति झा आफैले पुनलाई कुर्सी छोड्दै बधाई दिएर मञ्चबाट बाहिरिएका थिए।
उपराष्ट्रपति पुनलाई पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, संबैधानिक निकायका प्रमुख मन्त्री, सचिव, राजनीतिक दलका नेता तथा सांसदहरुलाई बधाई दिएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको शपथमा शीतल निवासमा आगन्तुकहरु खचाखच हुने गरेपनि उपराष्ट्रपतिको शपथमा भने राजनीतिक दलका नेताहरु, सांसद देखि आगन्तुकहरुको उपस्थीति निकै पातलो थियो। 'उपराष्ट्रपतिको शपथमा ४०प्रतिशत मात्र सहभागिता देखियो,' राष्ट्रपति कार्यालय स्रोतले भन्यो, 'हामी पनि अचम्ममा परेका छौं।'
शपथअघि नवनिर्वाचित उपराष्ट्रपति पुनले एकीकृत माओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेका थिए। संविधानले दिएको भूमिकाभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै उनले संविधानले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गरेका छन्। -

0 comments:
Post a Comment