रियल र बार्सिलोना अगाडि

कार्तिक १६, २०७२- रियल म्याड्रिड र बार्सिलोनाले स्पेनी ला लिगाको शीर्षस्थानमा संयुक्तरूपमा शनिबार तीन अंकको अग्रता लिएका छन्। रियलले यस सिजन बढुवा खाएको लास पाल्मासलाई घरमा ३–१ ले हरायो। लिग च्याम्पियन बार्सिलोना भने गेटाफेमा २–० ले विजयी रह्यो। रियलको जितमा क्रिस्टियानो रोनाल्डोले यस सिजनको आठौं व्यक्तिगत गोल गरे। त्यसको अगाडि, पछाडि इस्को र जेसेले गोल गरे।

गेटाफेमा भने नेयमरले रोनाल्डोको अगाडि रहन आफ्नो नवौं व्यक्तिगत गोल गरे। त्यस अगाडि लुइस स्वारेजले आफ्नो आठौं गोल गरे। चोटग्रस्ट जादूयी खेलाडी लियोनल मेसीको अनुपस्थितिमा नेयमर र स्वारेजले बार्सिलोनाको आक्रमण सम्हालिरहेका छन्। रियल र बार्सिलोना दुवैको दस खेलबाट २४ अंक भएको छ। रियललाई बार्सिलोनामाथि गोल अन्तरको फाइदा छ। सेल्टा भिगो भने तेस्रो स्थानमा छ र उसको २१ अंक छ। यससँगै उसले एटलेटिको म्याड्रिडलाई उछिनेर तेस्रो स्थान पनि कब्जा गरेको छ।

 सेल्टाले रियल सोसिडाडमाथि ३–२ को जित निकाल्यो र पुनरागमनमा सम्भव भएको हो। पाँचौंमा रहेको भिल्लारियलले भने युरोपा कपको विजेता सेभियालाई २–१ ले पन्छायो। भिल्लारियल र एटलेटिको दुवैको समान २० अंक छ। एटलेटिकोले यसअघि डेपोर्टिभो लाकुरुनासँग १–१ को बराबरी खेलेको थियो। इटाली मिलान– इटालीको सिरी ‘ए’ मा इन्टर मिलानले शनिबार एएस रोमालाई १–० ले हरायो र लिगमा शीर्षस्थान कब्जा गर्‍यो। त्यसमा ग्यारी मेडेलले निर्णायक गोल गरे। यो हारले युभेन्ट्सको लगातार पाँच खेलको जित यात्रामा पूर्णविराम पनि लागेको छ। युभेन्ट्स पनि जितको लयमा फर्केको छ र उसले छिमेकी प्रतिद्वन्द्वी टुरिनोलाई २–१ ले हरायो। रोमाको २३ अंक छ र यो युभेन्ट्सभन्दा एक अंक कम हो।

इंग्ल्यान्ड लन्डन– इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल समान २५ अंकमा शनिबार शीर्षस्थानमा रहे। सिटीले नर्विचलाई २–१ ले हरायो भने आर्सनलले स्वान्सीमाथि ३–० को जित निकाल्यो। शनिबारका अन्य खेलमा वाटफोर्डले वेस्ट ह्यामलाई २–० र लेस्टरले वेस्ट ब्रुमलाई ३–२ ले हराए। म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेस तथा न्युकासल र स्टोकले गोलरहित बराबरी खेले।http://assets-cdn.ekantipur.com/images/third-party/sports/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment