नाकाबन्दीले रोकियो दमकल

काठमाडौँ ६ मंसिर । अमेरिकी एक संस्थाले जुद्ध वारुण कार्यालय काडमाडौंलाई दिएका करोडौं मूल्यका चार वटा निःशुल्क दमकल लगायत अग्नि नियन्त्रणका सामग्री भारतीय नाकाबन्दीका कारण आउन पाएका छैनन् । मंसिर १९ मा काठमाडौंमै ल्याउने तयारी नाकाबन्दीका कारण अनिश्चित बनेको हो ।
कार्यालय प्रमुख किशोरकुमार भट्टराईका अनुसार अमेरिकी सर्भे इन्टिच्यूट फर डेभलपमेन्टले अग्नि नियन्त्रणका लागि प्रयोग हुने चार दमकल, दुई अग्लो ठाउँमा जोखिम कम गर्ने भर्‍याङयुक्त गाडी, दुई वटा गह्रौ सामग्री धकेल्ने क्याट लोडर लगायतका सामग्री दिने भएको छ ।
‘पछिल्लो योजनाअनुसार पाँच डिसेम्बरमा नेपाल आउने तयारी थियो,’ उनले भने, ‘यो असफल भइसक्यो । यहाँ पुग्न करिब डेढ महिना लाग्छ ।’नाकाबन्दीको समस्या समाधान नभएसम्म उनीहरुले नपठाउने जानकारी दिएको उनले जनाए । आजको नागरिक दैनिकमा खबर छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment