फ्रान्समा फेरि आतंककारी आक्रमण हुनसक्ने

फ्रान्स: फ्रान्सका प्रधानमन्त्री म्यानुएल भल्जले सोमबार फ्रान्स तथा युरोपेली अन्य मुलुकमा थप आतङ्ककारी हमला हुनसक्ने सम्भावना रहेको बताएका छन् । 
 
आतङ्ककारीबाट आगामी केही दिनभित्र वा हप्तामा आतंकवादी हमला हुनसक्ने बताउँदै प्रधानमन्त्री मानुएल वेल्सले भने , “आतङ्कवादीले गएको हप्ता बर्बरतापूर्वक आक्रमण गरेका छन् र आगामी केही दिन वा हप्ताभित्र फेरी आक्रमण गर्नसक्ने सम्भावना छ । मैले यो कसैलाई तर्साउन भनेको होइन । तर सबै आ–आफ्नो ठाउँमा सतर्क रहनु पर्छ ।” 
 
स्थानीय रेडियो आरटीएलसँग कुराकानी गर्दै वेल्सले भने , “हामीलाई थाहा हुन आएअनुसार थप आक्रमणको तयारी भइरहेको छ । आक्रमण फ्रान्सलाई मात्रै लक्षित गरी नभई अन्य युरोपेली राष्ट्रहरुलाई समेत निशाना बनाइने तयारी आतङ्कवादीहरुले बनाएको सूचना हामीले प्राप्त गरेका छौँ । आगामी केही दिन सबैले होसियारी अपनाउनुपर्ने हुन्छ ।” 
 
पेरिस आक्रमणको घटनालाई लिएर फ्रान्स सरकारले रातभर शङ्कास्पद इस्लामिक लडाकूका बासस्थानमा खानतलासी गरेको र यस सिलसिलामा विभिन्न २३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उनले बताए । 
 
खानतलासीका क्रममा इस्लामिक लडाकूका थप आक्रमणका योजना सम्बन्धमा समेत सूचना प्राप्त भएको उनले कुराकानीमा बताए । सरकारी सुरक्षाकर्मीले खानतलासीपछि १०४ जनालाई घरभित्रै नजरबन्दमा राखी अनुसन्धानलाई जारी राखेकोसमेत फ्रान्सेली प्रधानमन्त्री भल्जले बताए । प्रहरीले पक्राउ परेका लडाकूबाट केही सानो दुरी हान्नसक्ने क्षेप्यास्त्रसहित विभिन्न खालका ३१ वटा हतियार फेला पारेको सरकारको दाबी छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment