डिजेलको विकल्पमा ७ वर्षअघि सजिवनको तेलबाटै गुडाइएको थियो गाडी :: Read More News>

काठमाडौं, १६ असोज - अहिले भारतले नाकाबन्दी गर्दा मुलुकमा पेट्रोलियम पदार्थको अभाव उत्पन्न भएको छ। सम्वन्धित मन्त्रालयहरुमा पेट्रोलियम पदार्थको विकल्पहरुको खोजी भइरहेको छ।

डिजेलका रुपमा सजिवनको दाना पेलेर निस्केको तेल पनि प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण आजभन्दा ७ वर्षअघि पाल्पाका केशव कार्कीले दिइसकेका छन्।

कार्कीले सजिवनको तेलबाट सयौं किलोमिटरसम्म जिप चलाएर सरकारलाई डिजेलको विकल्पको उदाहरण देखाइदिएका थिए। जतिखेर विकल्प देखियो, त्यतिखेरै राज्य तातेको भए अहिले मुलुकमा देखिएको डिजेलको हाहाकार केही हदसम्म निराकरण हुने उनको बुझाई छ।

‘यो उदाहरणलाई राज्यले व्यवहारिक गर्न कोसिस गरेको भए अहिले केही हदसम्म बायोडिजेलको रुपमा यसको विकास हुने थियो’ भन्दै कार्की अहिले गुनासो गर्ने गर्छन्। सजिवनको तेललाई केही आवश्यक प्रशोधन गर्न सकेमा अहिलेको डिजेलभन्दा कुनै कमी नहुने उनको दावी छ।

नेपालमा सजिवनलगायत धेरै प्रजातिको बिउबाट तेल बनाई बायोडिजेलका रुपमा विकास गर्न सकिने उनी बताउँछन्। सजिवन लगायत सल्लाको चोपलाई समेत वायोडिजेलका रुपमा विकास गर्न सकिने उनको अनुभव छ। कार्कीले सजिवनको तेलबाटै ट्याक्टर तथा जिप समेत चलाएका थिए।

राज्यले सजिवनको खेतीलाई प्राथमिकता र जोड नगरेपछि कार्की च्याउ खेतीतिर लागे। विभिन्न प्रजातीको च्याउहरु उत्पादन गरेर अहिले उनले वार्षिक १५ लाख बढी कमाउने गर्दछन्।http://www.dcnepal.com/images/news/10/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment