नयाँ पत्रिकाबाट - खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बन्ने :: Read More News>>>

काठमाडौं, १६ असोज - पुराना संरचना फेर्दै आधुनिक सहर बनाउने अभियानमा रहेको महानगरपालिकाले खुलामञ्चमा दुईतले भूमिगत ‘पार्किङ लट’ बनाउने भएको छ।

यसअघि महानगरपालिकाले पूरानो वर्षपार्क रहेको स्थानमा सुविधासम्पन्न बसपार्कसहित २३ तले अत्याधुनिक टावर, गोंगबु क्षेत्रमा रहेको नयाँ वसपार्कको व्यापक सुधारसहित आधुनिक बसपार्क निर्माणको अभियान थालिसकेको छ। यसैक्रममा महानगरपालिकाले सुविधासम्पन्न पार्किङ लट निर्माण गर्न लागेको छ।

पार्किङ लटका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम हुँदैछ। प्रतिवेदन तयार भएलगत्तै पार्किङ लट निर्माणको प्रक्रिया अघि बढ्ने महानगरले जनाएको छ।http://www.dcnepal.com/images/news/10/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment