|
यस आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५ दशमलव ५ प्रतिशतबाट घटेर ३ दशमलव ४ प्रतिशतमा झरेको आईएमएफले जनाएको छ। नयाँ संविधानमा देखिएको पछिल्लो विवादपछि सिर्जना भएको बन्द हड्तालले समेत अर्थतन्त्रमा ह्रास ल्याएको आईएमएफले सार्वजनिक गरेको रिर्पोटमा उल्लेख छ। कृषी उत्पदानमा कमी तथा निरन्तर बिग्रदो यातायत प्रणालीलाई पनि यसको कारण मानिएको छ।
नेपालले पुुरानो आर्थिक अवस्था नजिक पुग्न अझै दुई वर्ष कुनुपर्नेछ। आईएमएफले जनाएअनुसार यस वर्ष नेपालको अर्थतन्त्र उकासिएर ४ दशमलव ४ प्रतिशतसम्म पुग्नसक्छ भने सन् २०१६/०१७ मा ५ दशमलव ४ प्रतिशतमा पुग्न सक्ने आइएमएफको रिर्पोटमा उल्लेख छ। आगामी १२ महिनाभित्र मुद्रास्फिति ८ दशलमव ५ प्रतिशत बृद्धि हुनसक्ने आईएमएफले जनाएको छ। केही समयभित्र कृषी उत्पादनमा बृद्धी तथा यातायतको सुध्रँदो अवस्थाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताइएको छ।
|
0 comments:
Post a Comment