|
बुधबार केरुङमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग चिनीयाँ उच्चअधिकारीबीच जिलोङकाउन्टी (केरुङ)मा भएको छलफलमा पेट्रोलियम पदार्थ केरुङ तर्फ आउँदै गरेको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । चीनले एकहजार मेट्रिकटन पेट्रोल सिगात्सेबाट केरुङ नाका हुँदै नेपालको रसुवागढी नाकाबाट नेपाल सरकारलाई दिने भएको छ ।
चीनले दिन लागेको पेट्रोलियम पदार्थ नेपाली ट्याङकरले रसुवागढीबाट २२ किलोमिटर टाढा केरुङमा भर्नुपर्ने छ । नेपाल आयल निगमले शुक्रबार साँझसम्मा नेपाली ट्याङकर केरुङ पुर्याउनुपर्ने नेपाली अधिकारीले जानकारी दिएका छन् । बुधबारसाँझबाट वर्षासँगै उच्चहिमाली भेगमा हिमपात भइरहेको छ । भारी हिमपात भए नेपाली ट्याङकरले पेट्रोलियम पदार्थ केरुङबाट तल झर्न कठिन हुने छ । चीनको केरुङ समुद्रसतहबाट २७ सय मिटर उचाईमा पर्छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निगमले काठमाडौंबाट ट्यांकर पठाए साँझसम्ममा ती खाली ट्यांकर रसुवा भित्रिने बताए ।
सडकको अवस्था
चीनको केरुङ–नेपालको रसुवागढी–स्याफ्रु–धुन्चे–त्रिशूली–गल्छी हुँदै काठमाडौं दुरी १ सय ७४ किलोमिटर छ पर्छ । काठमाडांै–गल्छी दुई लेनको सडक छ भने अरु एक लेनको सडक हो । रसुवाको राम्चेदेखि मुलखर्कको पहिरोग्रस्त साढे ६ किलोमिटर क्षेत्र वान वे सडक भएकाले सडक चालु हालतमा छ ।
यो राम्चे गाविसमा पर्छ । त्यस्तैगरी सदरमुकाम धुन्चे—स्याफ्रु सडक खण्डको स्याफ्रुगाविसमा पर्ने खोपाङभिरमा गएको सुख्खा पहिरो पन्छाएर सडक सुचारु गरिएको छ । यी सडक खण्डमा जिल्लामा रहेका सान्जेन जलविद्युत, रसुवागढी जलविद्युत, चिलिमे जलविद्युत आयोजनाका उपकारण लिएर आउने भारवाहन र ती आयोजना निर्माण गर्नका लागि आवश्यक पर्ने इन्धन यो नाका नखुल्दै सिमा टिमुरेसम्म लगिने गरिएको छ । ‘हाम्रो तर्फका सडक संजाल चालू हालतमा छन्,’ प्रजिअ गेलालले भने भारवाहन गाडी आवतजावत गर्न सक्छन् ।
चीनको गोन्जाउबाट मालबाहक समान केरुङतर्फ हिंडे
नेपाली व्यापारीहरुले आयात गरेका समान चीनको गोन्जाउ सहरबाट केरुङ आउँदै छ । गोन्जाउबाट ट्रान्पोर्टले सामान लिएर गाडीहरु हिँडेका छन्, रसुवाका व्यापारी मुकुन्द पौडेलले भने । ‘८/१० दिनमा ती समान केरुङ उत्रने छन्,’ उनले भने । ति आयात गरेका समानमा तयारी कपडा, ज्याकेट, इलोक्ट्रोनिक समान रहेका छन् ।
चीनबाट आयात हुने वस्तुहरुमा फलफूल, तयारी लुगा, कपडा, जुत्ता, खेलौना, जिम्बु, कस्टमेटिक समान, व्लाङकेट, थर्मश, ईलोक्ट्रोनिक छन् । यहाँबाट मैदा, खुर्सानी, चिउरा, अम्रिसोको कुच्चो, चाउचाउ, सख्खर लगायतका समान निर्यात हुने गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चीनले गत वर्ष ०७१ मंसिर १५ गते रसुवागढी नाकालाई बेजिङसम्मको पहुँच पुर्याएको हो । त्यसअघि बोर्डर ट्रेडको रुपमा तिब्बतसँगमात्रै रसुवागढी नाका संचालनमा थियो ।
|
0 comments:
Post a Comment