जापानमा सुनिए वसन्त


कार्तिक ११, २०७२- उद्योगपतिसँगै कवि र गीतकारको छवि बनाएका वसन्त चौधरी पछिल्लो समय मुलुकबाहिर नेपाली भाषा र साहित्य प्रवद्र्धन गर्ने अभियानमा छन्। केही वर्षअघि विश्वकाव्य यात्रा नै थालेका उनले यसको १६ औं शृंखला जापानमा गरेका छन्। राजधानी टोकियोमा मंगलबार उनको एकल सिर्जना वाचन गरिएको हो। यसअघि बेलायत, अमेरिका, दुबई, भारत, नेपाल, हङकङ, सिंगापुर लगायतका मुलुकमा काव्य यात्रा गरिसकेका चौधरीलाई जापानमा भने नेपाली राजदूतावास र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले निम्त्याएका हुन्। 

 नेपाली र जापानीहरूको बाक्लो उपस्थितिबीच कवि चौधरीले नयाँ पुराना दर्जन बढी सिर्जना सुनाए। बीच बीचमा उनी आफ्ना अनुभूतिहरू पनि सुनाउँथे। विज्ञप्तिअनुसार उनले प्राय: प्रेमका कविताहरू सुनाए। प्रेमिल रचनामै अब्बल छवि बनाएका उनले कविता वाचन क्रममा जीवन र प्रेमसम्बन्धी धारणाहरू पनि व्यक्त गर्थे।

  ‘विश्वभर छरिएर रहेका नेपालीबीच कुनै भेद छैन। हामी एउटै मुटुका धडन हौं,’ उनी भन्दै थिए, ‘यी धड्कनका आवाजमा एउटै संगीत बजिरहेछ। म त्यही संगीतलाई मनन गर्दै कविता साँझमा उभिएको छु।’ यसपछि उनले सुनाए–   म सन्देश लिएर आएको छु,  म संवाहक भएर आएको छु । तिम्रो लागि म मातृभूमिको कोसेली बोकेर आएको छु। करौडौं मनहरूले संकल्प गरी पठाएको  विजया दशमीको शुभकामना लिएर आएको छु। लगत्तै उनले राष्ट्रप्रेम समेटिएको ‘मेरो देश’ सुनाए। प्रेमभाव डुबेका रचनाहरू ‘तिमीलाई किन सम्झिएँ’, ‘तिमी छौ, छैनौ’, ‘चिरन्त्तर प्यास’ लगायतका कविता, केही नयाँ र केही पुराना गजल सुनाए।   जापानका लागि नेपाली राजदूत मदन भट्टराईले स्वागत मन्तव्य दिएको कार्यक्रममा चौधरीको काव्यात्मक र साहित्यिक व्यक्तित्व झल्किने परिचयात्मक वृत्तचित्र पनि देखाइएको थियो।  ‘रोचक के थियो भने, नेपाली भाषामा स्नातकोत्तर गर्ने प्रथम जापानी नागरिक हिरोहितो नोजूले कार्यक्रम सञ्चालन गरेका थिए,’ मंगलबार काठमाडौं फर्केका विश्व काव्य यात्राका संयोजक तथा कवि राजेन्द्र सलभले भने, ‘नेपाली साहित्यलाई मुलुकबाहिर प्रवद्र्धन गर्न यस्ता कार्यक्रमहरूले निकै ठूलो भूमिका खेल्ने रहेछ। जापानको उपस्थितिले यस्तै सावित गर्‍यो।’  प्रकाशित: कार्तिक ११, २०७२ 
http://assets-cdn.ekantipur.com/images/third-party/entertainment/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment