भारतीय राजदूतले प्रचण्डलाई के भने read news

काठमाडौँ ७ असोज भारतीय राजदूत रन्जित रेले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मधेस समस्या समाधानमा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन् । विशेष परामर्शका लागि दिल्ली पुगेका राजदूत रेले बुधबार काठमाडौं फर्केकै दिन दाहाललाई भेटी मुलुकलाई सामान्य अवस्थामा लैजान संविधानविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने र त्यसको नेतृत्व गर्न दाहाल नै उपयुक्त पात्र हुने बताए ।
मधेसी र थारु असन्तुष्टले बाबुराम भट्टराईलाई मधेसको नेतृत्व दिन आग्रह गरिरहँदा रेले दाहालप्रति व्यक्त गरेको विश्वासलाई एमाओवादीभित्र दाहालकै बलियो पकड रहेको आँकलन गरेको संकेतका रुपमा बुझिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर  छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment