|
असोज ८ - ईन्डोलेसियामा शुक्रबार ६.६ रेक्टर स्केलको भुकम्प गएको छ ।
ईन्डोनेसियाली अधिकारीका अनुसार भूकम्पका कारण ६० जना घाइते भएका छन् भने २ सय घर ध्वस्त भएका छन्। सार्थ उनिहरुले भूकम्पबाट प्रभावित हुनेको संख्या बढ्नसक्ने पनि बताएका छन् ।
पूर्वी इन्डोनेसियाको पपुवा नजिकै समुद्रमा केन्द्र बनाए मध्यरातमा ६.६ म्याग्नीच्युडको भूकम्प गएको हो। ६० जना गम्भिर घाइते भएको भनिए पनि अहिलेसम्म कसैको मृत्यु नभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
पपुवामान नै गत जुलाईमा ७ म्याग्नीच्युडको भूकम्प गएको थियो । सन् २००४ मा इन्डोनेसियाको सुमात्रा क्षेत्रको समुद्रमा गएको भूकम्पपछि उत्पन्न सुनामीमा १ लाख ७० हजार भन्दा बढि इन्डोनेसियालीले ज्यान गुमाएका थिए।
|
0 comments:
Post a Comment