आफ्नो विशेष सम्बोधनमा के के भने राष्ट्रपतिले डा. रामवरण यादवले ? :: Read More News>>l

काठमाडौं, ३ असोज– राष्ट्रपतिले डा. रामवरण यादवले संविधानमा हस्ताक्ष गरेर संविधान घोषणा गरेका थिए । आफ्नो विशेष सम्बोधन सुरु गरेसँगै उनले नेपाली जनताले संविधान पाएको भन्दै शुभकामना ब्यक्त गरे । 

के के भने उनले आफ्नो विशेष सम्बोधनमा ?  

संविधानको घोषणासँगै संघिय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ, राष्ट्रपतिले भने ।


देशमा दिगो शान्ति, राजनीतिक स्थायित्व, सामाजिक, आर्थीक विकास तिव्र रुपमा अघि बढ्ने राष्ट्रपतिको विश्वास ।


नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार भाषा, भेषभुषा, संस्कृति र पहिचानलाई समान ढङ्गले प्रवद्र्धन गर्ने विश्वास ।


संविधानले विविधतामा एकता कायम गर्ने राष्ट्रपतिको विश्वास । हिमाल, पहाड, तराई, मधेशका सबै जनतालाई पारस्परिक एकता, सहकार्य र मेलमिलापाका साथ संविधानसभाबाट प्राप्त अधिकार र संघियता सहितको लोकतान्त्रि गणतन्त्रलाई संस्थागत गर्न र प्रवद्र्धन गर्न आह्वान गरे ।



संविधान गतिशिल दस्तावेज भएको भन्दै राष्ट्रपतिले यसको उचित प्रयोग गर्नुपर्ने भनाई ।


संविधानले सार्वभौमसत्ताको रक्षा गर्ने छ उनले भने ।


संविधान निर्माणमा योगदान गर्ने दिने सबै नेपाली जनता, दलका नेता लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment