भारतले नाकाबन्दी गरे साइकल चढ्न तयार छौँ - प्रचण्ड :: Read more news >>

काठमाडौं ५ असोज ।एमाओवादी अध्यक्ष प्रचण्डले भारतले नाकाबन्दी गरेमा आफुहरु गाडी छाडेर साइकल चढ्न तयार भएको बताएका छन् ।

‘हामीलाई कसैले झुकाउने हो भने हामीले के गर्ने  गाडी चढ्दै आएका हामी गाडी छाडेर साइकल चढ्न तयार हुने कि नहुने यो अहिलेको यक्ष प्रश्न हो प्रचण्डले भने।’

एमाओवादी अध्यक्ष प्रचण्डले भने ’भारतले नेपाली जनताले लोकतान्त्रिक संविधान बनाए भनेर नाकाबन्दी गरेमा आत्तिनु नपर्ने बताएका छन् ।’ 

भारतले नाकाबन्दी गरेपनि हामीलाई केही फरक पर्दैन भन्दै उनले भने ’नेपाली जनताका प्रतिनीधिले संविधान बनाउँदा भारतले नाकाबन्दी गर्छ भने त्यसको सामना गर्न नेपाली तयार हुनपर्छ ।’

एमाओवादी नेता गोपाल किरातीको पुस्तक ‘प्रचण्डपथको विजय’ नामक पुस्तक सार्वजनिक गर्दै प्रचण्डले यस्तो बताएका हुन् । भारतको भूमिकाबारे विस्तृतमा आज साँझ तीन दलको बैठक बसेर कुरा गरिने प्रचण्डले बताए । भारतले नाकाबन्दी गरेपनि हाम्रो स्वाभिमान झुक्दैन उनले भने ।

भारतसँग आफूहरू लडाइ झगडा गर्ने पक्षमा नरहेको भन्दै प्रचण्डले भने ’हाम्रो स्वाभिमान र आत्मसम्मानमाथि कसैले प्रहार गर्छ भने त्यसको प्रतिवाद गर्न आफूहरू तयार रहेको बताए ।’http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment