भारतले नाकाबन्दी गर्न सक्दैन : ओली :: Read More News >>

काठमाडौ, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालका सीमा क्षेत्रमा आपूर्ति रोक्ने कदम चाल्छ भन्ने आफूलाई नलागेको बताउनुभएको छ । 
नयाँ संविधानको स्वागतका लागि आज दशरथ रङ्गशालामा आयोजित चियापनका कार्यक्रममा पत्रकारको जिज्ञासामा नेता ओलीले भारतले नेपालको सीमा क्षेत्रमा पेट्रोलियम पदार्थलगायत सवारी साधन नभित्र्याएको भन्नेबारेमा केही भ्रम रहे पनि वास्तविकता त्यस्तो नभएको जनाउनुभयो । 

“हामीले जारी गरेको संविधानले छिमेकी मुलुकका चासोमा कुनै प्रतिकूल असर नपर्ने भएकाले यस संविधानप्रतिको कुनै भ्रम नराख्न र संविधानप्रति आश्वस्त रहन म आग्रह गर्दछु” उहाँले भन्नुभयो, “नेपालमा कुनै असुरक्षा पनि छैन, कुनै भ्रम पाल्न जरुरी छैन, छिमेकी भारतले नाकाबन्दीस्तरको कदम चाल्छ भन्ने लाग्दैन ।” 

उहाँले नेपालको भूपरिवेष्टित अवस्था र भारतसँग भएका विभिन्न सन्धिसम्झौता र छिमेकी मुलुकका नाताले भारतले सोहीअनुसारको व्यवहार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारतले संविधान अस्वीकार गरेको भन्ने पनि आफूलाई नलागेको जनाउँदै सीमा क्षेत्रमा सुरक्षाका बारेमा उत्पन्न कुनै भ्रम भएमा वा भारतका केही चासो वा असमझदारीका विषय रहेमा भारत सरकार र राजनीतिक तहसँग कुराकानी गरिने बताउनुभयो । 

उहाँले लोकतान्त्रिक संविधान आएको सन्दर्भमा केही असहमतिका स्वर सुनिएको भए पनि संविधान संशोधनका माध्यमबाट जनताका जायज मागलाई आगामी दिनमा पूरा गर्न सकिने भएकाले हिंसात्मक गतिविधिमा उत्रनु आवश्यक नभएको बताउनुभयो । उहाँले असन्तुष्ट दलसँग संविधानलाई मानेर राष्ट्र विकासका काममा एकताबद्ध भई अन्य विषयमा छलफल गरेर अघि बढ्न आग्रह गरिएको जानकारी दिनुभयो । “जनताका निर्वाचित प्रतिनिधिबाट लोकतान्त्रिक संविधान बनेको छ, यो संविधान संसारका कुनै लोकतान्त्रिक संविधानभन्दा कमजोर छैन र परिपूर्ण छ” उहाँले भन्नुभयो । 

नेता ओलीले संविधानले लोकतन्त्र, गणतन्त्र, र सङ्घीयताको स्थापना गर्नाका साथै सबै प्रकारका असमानता र विभेदको अन्त्य गरेको बताउँदै यसले नागरिकता जस्ता विवादित विषयमा निरुपण गर्दै नेपाललाई फराकिलो र लोकतान्त्रिक बनाएको जनाउनुभयो । 

हल्ला मात्र हो : पौडेल 

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भारतले आपूर्ति रोकेको भन्ने कुरा हल्ला मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ केही असमन्वय भएमा आपसी छलफल गरेर मिलाइनेछ ।” उहाँले असन्तुष्ट दलसँग लगातार कुरा भइरहेको जनाउँदै नेपालीका समस्या आफूहरूले नै मिलाउने जनाउनुभयो । 

कल्पना गर्न सकिँदैन : श्रेष्ठ 

एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले संविधान जारी ग¥यो भनेर भारतले आपूर्ति रोक्ने भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन भन्नुभयो । उहाँले असन्तुष्ट दलसँग वार्ता भइरहेकाले सहमति गरेर जानुपर्नेमा जोड दिनुभयो ।
http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment