उपप्रधामन्त्री सिंह र भुटानी प्रधानमन्त्रीबीच शरणार्थी समस्याका विषयमा छलफल :: Read More News >>

अमेरिका, १० असोज - संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभाका सिलसिलामा नेपाल र भुटानबीच भुटानी शरणार्थी समस्यालाई मैत्रीपूर्ण तवरले समाधान गर्नुु दुवै देशको हितमा रहेको बारेमा छलफल भएको छ।

नेपाली प्रतिनिधमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच शनिबार यहाँ भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, संविधानसभाबाट पहिलो पटक जारी भएको संविधान र भुटानी शरणार्थी लगायत विषयमा छलफल भएको थियो। सो भेटमा नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे पनि सहभागी बनेका थिए।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले भूकम्पको बेला भुटानले नेपाललाई दिएको नगद एवम् चिकित्सक टोलीको सहयोगका लागि धन्यवाद दिए। नेपालमा संविधानसभाबाट दुई तिहाइ बहुमतसाथ जारी भएको संविधानको कार्यान्वयनका लागि दलहरु संविधान निर्माणमा जस्तै एक भएर अघि बढ्ने बताउँदै उपप्रधानमन्त्री सिंहले यसले नेपालको विकास, शान्ति र स्थिरताका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।

भुटानी प्रधानमन्त्रीले संविधानबाट जारी संविधानको प्रशंसा एवम् स्वागत गरेको उपप्रधानमन्त्री सिंहले जानकारी दिए। भुटानले जलविद्युत् क्षेत्रमा हासिल गरेको उपलब्धि प्रशंसायोग्य रहेको पनि उपप्रधानमन्त्री सिंहले बताए। यसैबीच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशकबीच शनिबार यहाँ भएको भेटवार्तामा विकास कार्यक्रमलगायत विविध विषयमा छलफल भएको थियो।http://dcnepal.com/images/news/9/big/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment