|
नगरकोट नगरपालिका–११ खरिपाटीमा खाजा र फेन्सी पसल सञ्चालन गर्दै आएको दम्पती राजन र अञ्जु लामाले आफ्नै पसलमा भेट्टाएको रु सात लाख ६० हजार पाँच दिनपछि रकमधनीलाई फिर्ता गरेर समाजमा उदाहरणीय कार्य गरेका छन् ।
राति पसल बन्द गर्ने बेलासम्ममा झोला लिन कोही नआएपछि इमान्दारीका साथ झोला राखिदिएको र पाँच दिनपछि आज बच्चुराम लामिछाने पैसा भएको झोला हरायो भन्दै खोज्न आएपछि पैसासमेतको रकम फिर्ता गरिएको अञ्जुले बताउनुभयो । “आफूले कमाएको पैसा मात्रै आफ्नो हो, अरुको पैसा लिएर जीवनभरलाई पुग्दैन भन्ने लागेर नै पैसा फिर्ता दिएको हुँ” अञ्जुले भन्नुभयो ।
मध्यपुरथिमी नगरपालिका–५,६,७ का वडा सचिव लामिछानेले सरकारबाट भूकम्पपीडितका लागि बाँड्नका लागि ल्याएको रकमसहितको झोला पसलमा छाडेर गए पनि पाँच दिनपछि उक्त रकम पाउँदा खुसी लागेको बताउनुभयो । अहिले पनि समाजमा इमान्दार मानिस रहेछन् भन्ने लागेर लामिछानेले लामा दम्पतीलाई रु तीन हजार दिनुभयो ।
|
0 comments:
Post a Comment