|
भारतले नेपालका विभिन्न नाकामा पुन अवरोध गरेको छ । भारतीय भन्सारका कर्मचारीले माथिको आदेश भन्दै नेपाल भित्रिन लागेका मालबाहक गाडीलाई अवरोध गरको छ ।
विराटनगरको जोगबनी नाका, झापाको काकडभिट्टा नाका, पर्साको बीरगञ्ज नाका, रुपन्देहीको सुनौली नाका, नेपालगञ्जको रुपैडिया नाका भएर नेपाल भित्रने मालबाहक गाडीलाई भारतीय पक्षले अवरोध गरेको छ ।
भारतबाट नेपाल आउन लागेका मालबाहक ट्रक, ग्यास बुलेट र तेलका ट्यांकरमा भारतीय पक्षले अवरोध गरेका कारण नेपाल प्रवेश गर्न सकेका छैनन् । 
|
0 comments:
Post a Comment