BREAKING NEWS :::::::: राष्ट्रपति कार्यालयको प्रवेशद्वारमा बम विस्फोट, नौको मृत्यु

सोमालीयाको राजधानी मोगादिसुमा अवस्थित यहाँका राष्ट्रपतिको कार्यालय भवनको प्रवेशद्धारमा सोमबार साँझ बम विस्फोट गराइएको छ ।
उक्त कार्यालयको प्रवेशद्वारमा एउटा कारबम ल्याएर ठोक्काइएको थियो । विस्फोटमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । उक्त जानकारी प्रहरी स्रोतले दिएको छ ।
मोगादिसुका प्रहरी अधिकारी अहमद सिरेले सिन्ह्वा समाचार समितिलाई राष्ट्रपतिको प्रवेशद्वारमा भएको भीषण विस्फोटनबाट दुई सोमालीयाली सैनिक, चार सर्वसाधारण र तीन विदेशी नागरिकको मृत्यु भएको बताएका छन् । राष्ट्रपति भवनको प्रवेशद्वारमा भएको यो विस्फोटन शक्तिशाली थियो । विस्फोटमा परी नजिकैको होटेलबाट निक्लिएका तीन विदेशी नागरिकको समेत मृत्यु भएको सिरेले बताएक छन् ।
यस विस्फोटनको आवाज भीषण रुपमा सुनिएको स्थानीयहरुले जनाएका छन् । तर यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । मोगादिसुका एक बासिन्दाले सिन्ह्वा समाचार समितिलाई सो विस्फोटबारे बताएका छन् । यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको पनि अर्काे एक समाचारमा जनाइएको छ ।https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhASb3R1Oz2k6AKiwJxuL6xmpMJqC3HuY5_qPRr_ImFehcKndkG9gyUVpaXINNJit8753tqgTFAl0iJijnZdl5PxriyEjJpdAkUbELcmG13gsoP9ZuBG7EGKAMAGa6r4vkS8eOgHe-J88BR/s1600/
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment