घर जलेपछि सभासद् यादवले भनिन्, ‘उपेन्द्रजी, मलाई नै जलाउनुस् र माग पूरा गर्नूस्

काठमाडौँ ५ असोज । सभासद् सीतादेवी यादव(६०)ले संविधानसभा समारोहमा सहभागी हुन गइरहँदा बाटामो उनलाई खबर आयो, ‘माननीयज्यू, तपाईको घरमा आगो लगाइदिए, गाडी र मोटरसाइकल पनि जलाइदिए ।’संविधान घोषणाको दिन खुसी भइरहेको बेला उनलाई दुःखद खबर आयो । मूलढोका तोडेर आगो लगाउन आएका समूहबाट बच्नका लागि त्यहाँ रहेकाहरु पछाडिको ढोकाबाट भागेछन् ।


‘उपेन्द्रजी तपाईँले मेरो घर जलाएर आफ्नो माग पूरा गराउन खोज्नुभएको हो र ? यसरी माग पूरा हुन्छ भने आउनुहोस् अब मलाई पनि जलाउनुहोस्’ उनले भनिन् । उनका अनुसार आफ्नो माग पूरा गराउन व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउने काम संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वका आन्दोलनकारीहरुले गरेका हुन् ।सीतादेवी सिरहा– ३ प्रत्यक्ष निर्वाचित कांग्रेस सभासद् हुन् ।आजको नागरिक दैनिकमा खबर छ
 ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment