प्रमुख तीन दलसँग ४ बुँदे सहमति गरेर पार्टीमा अनुमोदन गराउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पार्टीभित्रको दबाब खेप्न नसकेपछि संविधानसभा फर्केनन्।

विभाजन धम्कीले हच्किए गच्छदार

प्रमुख तीन दलसँग ४ बुँदे सहमति गरेर पार्टीमा अनुमोदन गराउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पार्टीभित्रको दबाब खेप्न नसकेपछि संविधानसभा फर्केनन्। प्रमुख दलका शीर्ष नेतालाई गच्छदारले अन्तिम समयमा निराश हुँदै खबर गरे, ‘संविधान घोषणा समारोहमा म उपस्थित भएँ भने फर्किंदा पार्टी अध्यक्ष नरहने भएँ, त्यसैले म आउन सकिन, माफ गर्नुहोला।’ गच्छदारको यो सन्देशपछि प्रमुख दलका नेता निराश भएर संविधानसभाको औपचारिक समारोह सुरु गर्ने तयारीमा लागे, जबकि गच्छदार फर्कने सम्भावना बढेपछि ५ बजेको कार्यक्रमलाई केही ढिला गरिएको थियो। गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक संविधानसभा फर्कन्छ भन्नेमा प्रमुख दलका नेता आशावादी थिए। फोरम लोकतान्त्रिकले भन्दै आएको ‘मधेस–थरुहट’ शब्द राख्न आइतबार दिउँसो प्रमुख दल सहमत भइसकेका थिए। प्रमुख दलका नेताले गच्छदारलाई मनाउनका लागि बिहानैदेखि भरमग्दुर प्रयास गरेका थिए। त्यसका लागि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कानुनमन्त्री नरहरि आचार्य र वनमन्त्री महेश आचार्यले बिहानैदेखि प्रयत्न गरे। ‘हिमाल, पहाड र मधेसमा देखिएको सीमांकनको विवाद आयोगमार्फत टुंग्याउने छ’ भन्ने वाक्यांश लेखेमा आफू सहमति गरेर संविधानसभामा फर्कने सन्देश गच्छदारले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिए। अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइरालासमक्ष ‘गच्छदार आउन सक्ने’ जनाउँदै त्यो सन्देश दिए। लगत्तै, प्रधानमन्त्री कोइरालाले वनमन्त्री महेश आचार्य र कानुनमन्त्री नरहरि आचार्यलाई १२ बजेतिर लाजिम्पाटस्थित दाहाल निवास पठाए। त्यहाँ गच्छदारले गरेको नयाँ प्रस्तावबारे एमाओवादी र नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्रीद्वयबीच कुराकानी भयो। लगत्तै, कांग्रेस पनि सहमत भयो, ओलीसँग पनि त्यहीँबाट फोन गरेर सहमति मागे, ओलीले ‘मधेस–थरुहट’ शब्द राख्न मञ्जुरी जनाए। यसपछि गच्छदार फर्कने खुसीको सन्देश प्रमुख दलका शीर्ष नेतासमक्ष पुग्यो। त्यसका लागि भेटघाट गर्नुपर्ने भन्दै गोप्य स्थान चयन गर्ने जिम्मा दाहाललाई नै दिइयो। र, जहाँ प्रेस र मिडिया नआउने भन्ने कुरालाई निकै ध्यान दिइएको थियो। अन्ततः दाहालले नै भेटघाटस्थल चयन गरे– गोरखा पुर्ख्यौली घर भएका एक पार्टी कार्यकर्ताको बानेश्वरस्थित निवास।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment