संविधानमा समेटियो गच्छदारको हस्ताक्षर

काठमाडौं, ३ असोज । मुख्य तीन राजनीतिक दलसँग ४ बुँदे सम्झौता गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अन्ततः संविधानमा हस्ताक्षर गर्ने भएका छन् । राजधानीमा संविधान घोषणा हुने ऐतिहासिक दिन आइतबार गच्छदार संविधानमा हस्ताक्षर गर्न तयार भएका हुन । गच्छदार हिमाल, पहाड र तराईको सीमा विवाद सीमाङ्कन आयोगले टुङ्ग्याउने सहमति भएपछि हस्ताक्षर गर्न तयार भएका बताइएको छ । तीन दल र गच्छदारबीच ४ बुँदे सहमति भएसँगै गच्छदारले हस्ताक्षरण गर्ने भएका हुन ।
तीन लदसँग सहमति गरेर गच्छदार पार्टीबाट त्यसलाई अनुमोदन गराउन अहिले पार्टी केन्द्रीय कार्यालय सानेपातर्फ लागेका छन् । पार्टीले त्यसलाई अनुमोदन गरेपछि गच्छदार संविधान सभा भवन नयाँ वानेश्वर फर्किनेछन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment