सरकारी आयोजनामा टुँडीखेलमा संविधानको खुसियाली (फोटो भिडियो सहित)

काठमाडौं, ४ असोज । नेपालको नयाँ संविधान जारी भएसंगै देशैभरी खुशीयाली मनाइएको छ । तराइका केहि क्षेत्रका बासिन्दाले असन्तुष्टि जनाएपनि अहिले नेपाली नागरिकले देशमा मात्रै होइन परदेशमा पनि नयाँ संविधानको स्वागत गरेका छन् । नयाँ संविधान जारी भएको भोलिपल्ट नेपाल सरकारले पनि खुशीयाली मनाएको छ ।
सरकारी आयोजनामा सोमबार टुँडीखेलमा खुसियाली सभा सम्पन्न भएको छ । देशका विभिन्न स्थानको जस्तै सरकारका तर्फबाट राखिएको खुशीयाली सभा पनि मनमोहक तथा लोभलाग्दो देखिएको थियो । सभामा तीन वटै सुरक्षा निकाय सेना, प्रहरी र सशस्त्र प्रहरीले झाँकी प्रस्तुत गरेको थियो ।
तीन दलका शीर्ष तीन नेताले सम्बोधन गरेको सभामा विभिन्न जात जातिले आफ्नो भेषभुषा सहित झाँकी निकालेर संविधानको खुशीयालीमा सरिक भएका थिए । कार्यक्रममा सभासद तथा सरकारी कर्मचारीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment