सैनिक मञ्चमा ओलीले दिए यस्तो कडा भाषण (भिडियो सहित)

काठमाडौं, ४ असोज ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बाधा अड्चन हटाएर संविधान जारी गर्न सम्भव भएको बताएका छन् । संविधान जारी भएको खुसियालीमा सोमबार प्रमुख तीन दलले गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले लामो समय देदिख को संघर्षपछि जनताको संविधान जारी गरेर संघीयता र गणतन्त्रलाई स्थागत गर्दै शान्ति प्रक्रियालाई पनि पूर्णता दिन सकिएको बताए ।शक्तिको विकेन्द्रीकर तथा बांफाँट गरिएको संविधानमा जनताको हक अधिकार तथा स्वतन्त्र न्यायपालिका लगायतका व्यवस्था नयाँ संविधानले गरेका भन्दै उनले केही छुटेको भए पछि सम्बोधन गर्न सकिने धारणा राखे ।
भौगोलिक अखण्डतालाई जोगाएर विकास गर्नु पर्ने रहेको भन्दै उनले सामाजिक न्यायको सिद्धान्तमा मुलुकलाई समृद्ध बनाउनु पर्ने बताए । दृढ एकताबाट सफल संविधान कार्यान्वयन गरी मुलुकको विकास र समृद्धिमा लाग्न सबैलाई ओलीको आग्रह छ । भावनामा नबगेर जारी संविधानलाई स्वीकारेर अगाडी बढ्न आग्रह गरेका उनले केही असन्तुष्टिका विषय भए पछि गठन गरिने आयोग मार्फत समाधान गर्न सकिने बताए । विभिन्न आयोग गठन गरी असन्तुष्टि विषयलाई समाधान गर्न व्यवस्था गरिँदा जारी संविधान स्वीकार्दिन भन्नु दुखद् भएको ओलीको भनाइ छ ।
‘जारी भएको संविधानमा आफ्नो हक अधिकार नरहेको कसले देखाउन सक्छ’, उनले भने, ‘म तिनीहरुसँग कुरा गर्न सक्छु।’ नेपाली स्वाभिमान नागरिक भएकाले कसैले हस्तक्षेप गर्नुको साटो जारी भएको संविधान अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्नु पर्ने ओलीको विचार छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment