काठमाडौं, असोज ६ । पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमसँगै त्यसको असर खाद्य सामाग्री तथा पेट्रोलीयम पर्दाथमा देखिएको छ । भारतले पेट्रोलियम पदार्थलगायत अन्य सामग्री आयातमा कढाइ गरेको खबरहरु आएसँगै काठमाडौँ लगायत मुलुक भरका विभिन्न स्थानमा पेट्रोल पम्पमा सवारी साधनको घुइँचो लागेको छ । मोटरसाइकल र अन्य सवारी साधनहरु पेट्रोल भर्न लाइन लागेपनि तेल नपाएर फर्केका छन् । जसको सबैभन्दा बढी असर चितवन र नवलपरासीमा पनि देखिएको छ । नवलपरासिको गैंडाकोटदेखि सुनवलसम्मका पेट्रोल पम्पहरुले सहजरुपमा पेट्रोल नदिएको सवारी चालकले गुनासो गरेका छन् । कावासोतीको नवलपुर पेट्रोल पम्प बन्द रहेको छ । अन्य पेट्रोल पम्पले भने विभिन्न बहाना बनाएर पेट्रोल नदिएको उपभोक्ताले गुनासो गरेका छन् । पेट्रोल व्यवसायीले भने आफूसँग भएसम्म पेट्रोल दिने जनाएका छन् । यता आयल निगमले भने भारतले आफूर्तिमा कडाइ नगरेको भन्दै सहज रुपमा नै वितरण भइरहेको जनाएको छ भिडियो हेर्न को लागि तलको बाकसमा किलिक गर्नुहोस ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment