अब रत्नपार्कमा निःशुल्क इन्टरनेट

 काठमाडौँ, ६ असोज । रत्नपार्क अवलोकन गर्ने अवलोकनर्ताले असोज अन्तिम सातासम्म निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्न सक्नेछन् । रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो ।
एक वर्षसम्म बन्द रहेर पुनः निर्माणपछि सञ्चालनमा आएको उक्त पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइको अपेक्षा रहेको छ ।
एकाइका अनुसार इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन् । यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ शुल्क लिएर प्रवेश दिने गरेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment