|
काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले संविधान घोषणा गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सफल भएको बताएका छन् । संविधान जारी भएको खुसियालीमा सोमबार प्रमुख तीन दलले गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले आन्दोलनरत दलहरुको असन्तोषहरुलाई सहकार्य, एकताका साथ वार्ताको माध्यमबाट समास्याको समाधान गर्न सकिने बताए ।
आन्दोलनरत दल तथा पक्षहरुलाई वार्तामा आउन आह्वान गरेका उनले संघीयताको सीमांकनका विषय पनि सुल्झाउन सकिने बताए । राष्ट्रिय एकता, भौगोलिक अखण्डता कायम गर्ने संविधान जारी भएको उनको भनाइ छ ।
|
0 comments:
Post a Comment