![]() |
अमेरिका र दक्षिण कोरियाले हालसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको तयारी सुरु गरेका छन् । दक्षिण कोरियाका ३ लाखभन्दा बढी र अमेरिकाका १५ हजार सेनाले सैन्य अभ्यासमा भाग लिने बताइएको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कडा नाकाबन्दी लगाएको केही दिनपछि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गर्न लागेका हुन् । उत्तर कोरियाले आणविक, रकेट लगायत छोटो दूरीको मिसायल परिक्षण गरेपछि त्यस क्षेत्रमा तनाब बढ्दो छ ।
![]() |
0 comments:
Post a Comment