नेपाली सेनाको कडा सन्देश, ‘सैनिक शासन’ लागू गर्ने संकेत – देश बचाउन जुनसुकै बेला पनि स्वतः परिचालन हुने - See more at:

महाशिवरात्री तथा सेना दिवस २०७२ को उपलक्ष्यमा जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्नु हुदै प्रधानसेनापति क्षेत्रीले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम मात्र भएको बताउनु भयो । उहाले सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्रयाउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने पनि प्रष्ट पार्नुभयो ।प्रधान सेनापति क्षेत्रीले नेपालको संविधानले सुम्पेको जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न नेपाली सेना हरहमेशा कटिबद्ध, सक्षम र तयार रहेकोले सरकारले राष्ट्र र जनताको सर्वोपरी हितको लागि संवैधानिक प्रक्रिया अनुरुप प्रदान गर्ने सबै जिम्मेवारीहरुको पूर्णरुपमा पालना गर्नु नेपाली सेनाको प्रमुख दायित्व रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सेना भएकोले प्राप्त जिम्मेवारीहरु प्रभावकारी ढंगबाट वहन गर्न चुस्त अपरेशनल तयारीपन र पेशागत दक्षता भएको फौजको रुपमा नेपाली सेनालाई आधुनिकीकरण गर्न अति आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।प्रधानसेनापनि क्षेत्रीले देशमा समय समयमा हुने इन्धन अभावको कारण नियमित कार्यहरुमा पु¥याउने असरलाई दीर्घकालीन रुपमा समाधान गर्न बायो ग्यांस प्लाण्ट जडान गर्ने, नागरिक –सैनिक सम्बन्धको विकासमा जोड समेत दिनुभयो । उहाँले आगामी दिनहरुमा राष्ट्रिय सेवा दलले गरिरहेको युवा नेतृत्व विकास कार्यक्रमको दायरालाई थप फराकिलो बनाउने जानकारी समेत दिनुभयो । न्युज २४ बाट - See more at: 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment